ट्रम्पलाई थप उपचारका लागि सैनिक अस्पताल लगियो
काठमाडाैँ । कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपतिलाई थप उपचारका लागि सैनिक अस्पताल लगिएको छ।
उनलाई शुक्रबार भाइरसको संक्रमण पुष्टि भएको थियो। उनलाई उपचारका लागि बेथेस्डा, मेरील्याण्ड स्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टर लगिएको छ।
आफूलाई संक्रमण भएको घोषणा गरेको करिब १७ घण्टा पछि ट्रम्प उपचारका लागि सैनिक अस्पताल लान ह्वाइट हाउसमा आएको हेलिकप्टरतर्फ विस्तारै हिँडेर गएका थिए।
मास्क र सुट लगाएका ट्रम्पले सो क्रममा त्यहाँ उपस्थित संवाददाताहरूसँग कुनै कुरा गरेनन्।
‘मेरो विचारमा म एकदमै राम्रो गरिरहेको छु तर हामी यसले काम गर्नेछ भनेर सुनिश्चित गर्नेछौं’, ट्विटरमा पोस्ट गरिएको छोटो भिडिओ पोस्टमा ट्रम्पले भनेका छन्।
सुरक्षात्मक सावधानी अन्तरगत अस्पताल रहँदा ट्रम्पले विशेष प्रकारको सुटमा काम गर्ने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी कायलेग म्याकेनीले जानकारी दिएकी छन्।
ट्रम्पको स्वास्थ्यका बारेमा निकट जानकारी राख्ने श्रोतले ७४ वर्षीय ट्रम्पलाई मध्यम प्रकारको ज्वरो रहेको जानकारी दिएको छ। ह्वाइट हाउसका चिकित्सक शन पिङ कोन्लीले ट्रम्पलाई परीक्षणकै क्रममा रहेका औषधिहरू मिलाएर उपचार गरिएको छ।
उनी थकित भएपनि उच्च मनोबलमा रहेको उनको भनाइ छ।
ट्रम्पको पछिल्लो स्वास्थ्य अवस्थाले राष्ट्रपति चुनावबाट डेमोक्रेटिक उम्मेदवार जो बाइडनलाई पराजित गर्दै पुनः अमेरिकी राष्ट्रपति पदमा निर्वाचित हुने दाउमा रहेका रिपब्लिक उम्मदवार ट्रम्पलाई नोभेम्बर ३ को निर्वाचन अगाडि झट्का दिएको रोयटर्सले जनाएको छ।
महामारी सुरू भएपछि नै कोरोना संक्रमणलाई खासै महत्व नदिएका ट्रम्पले शुक्रबार पत्नीसहित आफूलाई कोरोना भाइरसको संक्रमण भएको घोषणा गरेका थिए।
कोरोना कारण अमेरिकामा हालसम्म २ लाख बढी मानिसको मृत्यु हुनुका साथै अर्थव्यवस्था नराम्ररी प्रभावित भएको छ।
ट्विटरमा निक्कै सक्रिय रहने ट्रम्पले संक्रमित भएयता एउटा छोटो भिडिओबाहेक अरू केही पोस्ट गरेका छैनन्।
उमेर र तौलका कारण पनि ट्रम्पलाई संक्रमणबाट ठूलो खतरा छ। अफिसमा रहँदा राम्रो स्वास्थ्य अवस्थामा देखिएपनि उनी नियमित व्यायाम र स्वस्थ्य भोजनलाई अनुसरण नगर्नेमा पर्छन्।
ह्वाइट हाउसका चिकित्सक कोन्लीले ट्रम्पलाई कोरोनाको परीक्षणात्मक उपचार गरिराखिएको बताए।
परीक्षणका क्रममा रहेको औषधिसँगै ट्रम्पले जिङक, भिटामिन डि, फोमाटिडिन, मेलाटोनिन र एसप्रिन लिइराखेका छन्।
Comments
अरु समाचार
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...