ताजा समाचार

सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता फेरि बिना निष्कर्ष टुंगियो

काठमाडौं । सरकार र डा. गोविन्द केसीतर्फका प्रतिनिधिबीच बसेको वार्ता दोस्रो पटक पनि बिना निष्कर्ष टुंगिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार राति बसेको वार्ता बिना निष्कर्ष टुंगिएको हो । सरकारले सत्याग्रहको २४ औं दिनमा वार्ता समिति बनाएको थियो  । तर समिति बनाएको दोस्रो दिन बिहीबार पहिलो र शुक्रबार दोस्रो चरणको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

डा. केसीका पक्षका समितिका संयोजक डा. जीवन क्षत्रीले बिहीबार बसेको वार्ता निकै सकारात्मक रहेको बताएका थिए । तर शुक्रबार राति भएको वार्तामा सरकार पछि हटेको देखिएको उनले बताए ।

उनले भने,“शिक्षा मन्त्रीले शुक्रबार मोबाइल अफ गरेर बसेको सरकारका तर्फका वार्ता समितिका सदस्यहरुले बताउनु भएको छ ।”

अन्तिमरुप  दिइ नसकेको हुँदा अहिले भन्‍न सहमति भएको भन्‍ने नमिल्ने सरकारी वार्ता टोलीका सदस्यले बताएको उनले जानकारी दिए ।

शनिबारबाट देशैभर डा. केसीको जीवन रक्षाका लागि थप आन्दोलन गर्ने उनले बताए । शिक्षा मन्त्रीको गैरजिम्मेबारीपनले डा. केसीको ज्यान जोखिममा परेकोसमेत उनले बताए ।

उनका अनुसार सरकारको अमानवीय रवैयाविरुद्ध तथा डा. केसीको जीवरक्षाको लागि थप कडा सशक्त आन्दोलनका कार्यक्रमहरु ल्याउने उनले चेतावनी दिए ।

“मेडिकल क्षेत्रका विद्यार्थीहरु, नेपाल चिकित्सक संघलगायत विभिन्न संघसस्था र तथा आम नागरिकलाई आव्हान गर्दछौँ कि यस आन्दोलनबाट उत्पन्‍न हुनजाने असहज परिस्थितिका लागि नेपाल सरकार जिम्मेवार हुनेछ,” उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org