‘कोरोना संक्रमण समुदायमा प्रवेश गरी भयावह स्थितिको सिर्जना भयो’: चिकित्सक संघ
काठमाडौं । कोरोना संक्रमण समुदायमा प्रवेश गरेर भयावहस्थिति सिर्जना भएको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
देशभर संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको र ६९४ जनाको मृत्यु भइसकेको भन्दै संघले सरकारले अत्यावश्यक औषधि सहज उपलब्ध गराउनुपर्ने माग गरेको छ ।
‘संक्रमण समुदायमा प्रवेश गरी भयावह स्थितिको सिर्जन हुन गएकोप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ’, महासचिव डा. बद्री रिजालले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।
उपत्यकासहित धेरै संक्रमित भएका सहरका अस्पतालमा बेड, आईसीयू तथा भेन्टिलेटर, अक्सिजन र रेम्डिसिभिर लगायत अत्यावश्यक औषधिको अभाव हुँदा संक्रमित भौतारिन बाध्य भएको भन्दै संघले दुःख व्यक्त गरेको छ ।
यो विषयमा सरकार संवेदनशील हुनुपर्ने र अबिलम्ब प्रभावकारी कदम चाल्नुपर्ने माग संघले गरेको छ ।
‘सम्पूर्ण नागरिकको स्वास्थ्य उपचारका लागि उचित वातावरण तयार गर्न एवम् कोभिड–१९ को संक्रमणका लागि आवश्यक पर्ने आईसीयू बेडहरु, भेन्टिलेटर, अक्सिजन, रेम्डिसिभिर लगायतका अत्यावश्यक औषधिको सहज उपलब्ध गराउन नेपाल चिकित्क संघ नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।’
Comments
अरु समाचार
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...