‘संघीयताको राम्रो अभ्यास हुँदै गएको छ,यसको औचित्य पुष्टि गर्ने हाम्रो दायित्व हो’: सभामुख सापकोटा
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कानुन निर्माणको सम्बन्धमा राजनीतिक दलहरुबीच प्रशिक्षणको कमी रहेको बताएका छन् ।
पार्टीभित्र लोकतन्त्रको पनि राम्रो अभ्यास नभएको बताउँदै उनले प्रदेश र संघलाई एकाकार गरेर विधेयक बनाउनुपर्नेमा जोड दिए ।
शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सन्चालनका लागि अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रममा सभामुख सापकोटाले सो धारणा राखेका हुन् ।
उनले भने, ‘जनमुखी विधेयकहरु बनाउनुपर्छ । प्रदेश र संघलाई एकाकार गरेर नै विधेयक बनाउन आवश्यक हुन्छ । कानुन बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको छ, विज्ञको कमी भएको छ, सांसदहरुमा त्यो कमी छ । त्यसकारण यसमा बढी ध्यान दिनुपर्छ ।’
सभामुख सापकोटाले भने, ‘पार्टीभित्र पनि लोकतन्त्रको राम्रो अभ्यास भएको अनुभव भएको छैन । पार्टीबाट सांसदहरुलाई राम्रो प्रशिक्षण भएको छैन ।’
अर्को एक प्रसंगमा उनले संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरुमा रहेकोसमेत बताए ।
राजावादीहरुको गतिविधितर्फ संकेत गर्दै सभामुख सापकोटाले भने, ‘संघीयताको अहिले राम्रो अभ्यास हुँदै गएको छ । संघीयता नेपाली जनतालाई महत्वपूर्ण हो । यसको औचित्य पुष्टि गर्ने हाम्रो दायित्व हो । जनतालाई परेको छ, संघीयता आवश्यक रहेछ ।’
स्थानीय सरकारको भूमिका पनि त्यही रुपमा देखापरेको सभामुख सापकोटाको भनाइ छ ।
Comments
अरु समाचार
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित...