नेपाल – भारत मैत्री सम्बन्ध अमर रहन्छः विदेश सचिव श्रृङ्गला
काठमाडाैँ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले नेपाल र भारतको मैत्री सम्बन्ध अमर रहने बताएका छन्।
भारतीय सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न भएका गोरखाको तीनवटा विद्यालय भवन उदघाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी हुन आइपुगेका उनले यस्तो बताएका हुन्।
‘हरेक वर्ष भारत सरकारले तीन हजार नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ, पुनर्निर्माणमा सघाईरहेक छ। यसकारण मलाई नेपाल भारतको मैत्री सम्बन्ध अमर रहने विश्वास छ।’
केही समयअघि मात्रै भारतले गुँजरात भूकम्पबाट ठूलो क्षति ब्यहोर्नुपरेको बताउँदै त्यहाँबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताएका छन्।
‘भूकम्पले तहसनहस भएको गुजरात अहिले भारतको प्रमुख आर्थिक केन्द्र बनेको छ’, उनले भने, ‘भूकम्प प्रभावित नेपालले पनि छिट्टै त्यस्तै अवस्था हासिल गरोस्।’
विदेश सचिव हर्षवर्द्धनले विश्वभर बहादुर भनेर चिनिने गोर्खालीहरुको जिल्ला आउन पाएकोमा आफूलाई निकै खुसी लागेको बताए।
विदेश सचिव हर्षवर्द्धन भारतीय सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न भएका गोरखाको गोरखा नगरपालिका ९ को महालक्ष्मी मावि, सोही नगरपालिका ८ को रत्नलक्ष्मी मावि र वडा नं. १० मा पुनर्निर्माण सम्पन्न भएको तारा माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी हुन गोरखा आएका हुन्।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय सडक, स्वास्थ्य चौकी तथा पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले एक खर्ब रुपैयाँ अनुदान प्रदान गरेको थियो। सो रकमले गोरखामा २६ हजार ९१२ वटा र नुवाकोटमा २३ हजार ८८ वटा निजी आवास पुनर्निर्माण हुँदैछन्।
सन् २०१८ को मार्च महिनादेखि लागु भएको भारत सरकारबट सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत गोरखामा २५ हजार १७ निजी आवास र तीनवटा विद्यालय भवन पुनर्निर्माण भइसकेका छन्।
भूकम्प प्रभावित विभिन्न जिल्लामा ७० वटा विद्यालय निर्माणको चरणमा रहेका छन्। त्यस्तै, १४७ वटा स्वास्थ्यचौकी, एउटा लाइब्रेरी र २८ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण भइरहेको परियोजना कार्यालयले जनाएको छ।
Comments
अरु समाचार
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...