ताजा समाचार

राजसंस्था र हिन्दुराष्ट्र पक्षधर राप्रपाको नेतृत्वमा गोलबद्ध हुन कमल थापाको आग्रह

“राजा आउ देश बचाउ होइन,जनता आउ राजा ल्याऊ, देश बचाउँ"

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् ।

सोमबार पार्टी कार्यालयमा भएको कार्यक्रममा उनले स्वःस्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताए ।
उनले उक्त आन्दोलनलाई उत्सुकतापूर्वक हेरिएको पनि बताएका छन् ।

“राजा आउ देश बचाउ होइन, जनता आउ देश बचाउँ भनौं,” उनले भने, “जनता आउ राजा ल्याऊ भन्नुपर्यो ।” उनले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने बताए । उनले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गरे ।

अर्का अध्यक्ष पशुपतिशमशेर राणाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको आन्दोलनलाई राप्रपाले निष्कर्षमा पुर्‍याउने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org