ताजा समाचार

बाइडनको सपथ कार्यक्रमका बेला अमेरिकाभर ‘सशस्त्र प्रदर्शन’ हुन सक्ने

एजेन्सि  । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले सपथ लिने बेला अमेरिकाभर सशस्त्र प्रदर्शन हुन सक्ने एफबीआईले बताएको छ ।

विभिन्न सशस्त्र समूहले अमेरिकाका ५० वटै राज्यका राजधानी र वासिङटन डीसीमा प्रदर्शनको तयारी गरिरहेको एफबीआईले उल्लेख गरेको छ ।

‘जनवरी १६ देखि ५० वटै राज्यमा सशस्त्र समूहले प्रदर्शन गर्ने योजना बनाएको सूचना प्राप्त भएको छ’, एफबीआईले आफ्नो बुलेटिनमा भनेको छ, ‘संघीय राजधानीमा १७ देखि २० तारिखसम्म प्रदर्शन हुन सक्ने देखिएको छ ।’

योसँगै राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा सुरक्षा चुनौति अझ थपिएको छ । तर बाइडनले भने आफू त्रसित नभएको र शान्तिपूर्ण रूपमा राष्ट्रपति भवनको अगाडि उपराष्ट्रपति कमला ह्यारिससँगै सपथ लिने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थनमा विभिन्न समूहले प्रदर्शन गर्ने देखिएको हो । यसअघि पनि उनका समर्थकले संसद भवनमा हुलदंगा गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org