ताजा समाचार

मालपोत कार्यालय लगनखेलका नायब सुब्बा घूससहित पक्राउ

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरका नायब सुब्बा मन्दिप कुमार श्रेष्ठसहित दुई जना ४० हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठ सेवाग्राहीसँग घुस लिदा लिदै पक्राउ परेका हुन्।

जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि अतिरिक्त रकम माग गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेको अख्तियारका सहप्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। उनीहरु रकमसहित ललितपुर वडा नं १२, लगनखेलस्थित बसपार्क नजिकबाट गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org