ताजा समाचार

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा  प्रकाशित गरेको छ ।

सोमबार बिहान बसेको बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि बोर्डले जानकारी दिएको छ ।

नतिजाअनुसार ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या ६९१६ जना रहेको छ भने ३.२१ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ३८ हजार ४८० जना रहेको छ यस्तै २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या १ लाख ९ हजार ३१२ जना रहेको छ ।

यस्तै २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ५२ हजार ४२७ जना रहेका छन् । यस्तै १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या ७ हजार १६४, १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ३३३, ०.८१ देखि १.२० जीपीए ल्याउनेको संख्या ४ र ०देखि ०.८० जीपीए ल्याउनेको संख्या १८ हजार ८८९ रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org