भागरथी प्रकरणको अनुसन्धान टोलीलाई स्थानीयले लगाइदिए फूलमाला
काठमाडौं । भागरथी हत्या प्रकरणको अनुसन्धान गर्ने प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीसहितको टोलीलाई स्थानीयवासीले सम्मान गरेका छन् ।
प्रहरी चौकी, खोचलेकमा बसेर दुई सातासम्म निरन्तर अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयले सुवेदीसहित प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु लगायतलाई सम्मान गरेका हुन् ।
सुवेदी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत हुन् । घटनाको संवेदनशीलतालाई ध्यान दिँदै उनी आफैं अनुसन्धानमा खटिएका थिए ।
दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले प्रकरणको सफल अनुसन्धान भएको खुशी व्यक्त गर्दै स्वतः स्फूर्तरुपमा फूलमालाले सम्मान गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘यो घटनाले नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल छ भन्ने पुनः एकपटक प्रमाणित भएको छ ।’
डीएसपी सुवेदीसहितको टोली अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय, बैतडी आएको छ । बैतडीमा प्रकरणका आरोपी सनातन माविमा अध्ययनरत दिनेश भट्टलाई हिरासतमा राखिएको छ । उनीमाथि अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने तयारी छ ।
दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी सार्वजनिक गरिँदैछ ।
Comments
अरु समाचार
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...