निर्वाचन तोकिएकै मितिमा : प्रमुख आयुक्त थपलिया
सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्ने गुरुत्तर दायित्व पूरा गर्न दृढ छु
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् ।
आगामी वैशाख १७ र २७ मा हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन उनले आह्वानसमेत गरेका छन् ।
पाँचौ निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रमुखआयुक्त थपलियाले सरोकारवालाहरुको सक्रिय सहभागिता र सहमतिमा सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्ने गुरुत्तर दायित्व पूरा गर्न दृढ संकल्पित रहेको उल्लेख गरेका छन् । थपलियाले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको समेत स्पष्ट पारेका छन् ।
यो पनि पढ्नुहोसवैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णयथपलियाले भनेका छन्, ‘चुनावलाई आम सहभागितामा सम्पन्न गर्न राजनीतिक वातावरण तयार गर्ने कार्यमा सरकार, राजनीतिक दल, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज, मतदातालगायत निर्वाचनका सबै सरोकारवालाको संलग्नता, सहयोग, समन्वय, सहकार्य र सहभागिता रहनेमा आयोग छ ।’ थपलियाले निर्वाचनको लागि विभिन्न तयारीहरु जारी राखिएको समेत उल्लेख गरेका छन् ।
‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले आज पाँचौं निर्वाचन दिवस मनाउँदैछ । नेपालमा वि.सं. २०१५ साल फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै २०७३ देखि फागुन ७ गतेलाई निर्वाचन दिवस मनाउन थालेको हो ।
Comments
अरु समाचार
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
पूर्वप्रधानसेनापति सिंहको निधन
काठमाडौं । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना
काठमाडौं । पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या...