ताजा समाचार

सरकारले विप्लवलाई दियो इन्स्पेक्टरको नेतृत्वमा १० प्रहरी

काठमाडाैं । शान्तिपूर्ण राजनीतिमा आउने उद्घोष गरेर सार्वजनिक भएका नेकपा (विप्लव)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई सरकारले इन्स्पेक्टरको नेतृत्वमा १० जना प्रहरी खटाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडाैंको टोलीले विप्लवलाई सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाएको छ । भर्खरै वार्तामा आएकाले सुरक्षा खतरा हुनसक्ने भन्दै प्रहरीले सुरक्षा दिइरहेको जनाएपनि सरकारले केहि समय पहिले मात्रै पूर्व अति विशिष्टहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको थियो ।

यद्यपी सरकारले पूर्व तथा बहालवाला पदाधिकारीको सुरक्षासम्बन्धी कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org