ताजा समाचार

एमाले ब्युँतिएपछि साविकको नेपाल समूह पुनः सक्रिय, बानेश्वरमा केन्द्रीय सदस्यको भेला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले पुनःस्थापना भएसँगै पार्टीभित्र साविकका गुट पुनः सक्रिय हुन थालेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको नाम विवादमा सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका छन् ।

एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पछिल्लो परिस्थिति र आगामी रणनीतिबारे आफूनिकट केन्द्रीय सदस्यहरुसँग बुधबार छलफल गर्दै छन् । छलफलका लागि नयाँबानेश्वरस्थित एक होटेलमा अपराह्न ४ बजे बोलाइएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

त्यसैगरी, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आफ्नो गुटका नेताहरुसँग छलफल गर्दै आएका छन् । पूर्वएमालेमा ओली र नेपाल गुट सक्रिय थियो । एमाले पुनःस्थापना भएपछि पार्टीको बैठक बसेको छैन । गुटगत भेला भने हुन थालेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org