ताजा समाचार

लाइन्स क्लब अफ काठमाडौं हेरिटेजद्वारा शैक्षिक तथा स्वास्थ्य सामाग्री वितरण

काठमाडाैँ ।  लाइन्स क्लब अफ काठमाडौं हेरिटेजको पहलमा मँगलादेवी   नुवाकोट १ सुर्यगढीमा  शैक्षिक, खेलकुद तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

नुवाकोट जिल्ला सुर्यगढी गाँउपालीका वडा नं  १ छापको मँगलादेवी मा.बिमा अध्यनरत विद्यार्थीलाई  शैक्षिक /खेलकुद सामाग्री र स्थानियलाई स्वास्थ्य सामाग्री बितरण गरिएको हो ।

लाइन्स क्लब अफ काठमाडौं हेरिटेजद्वारा मँगलादेवी मा.बिमा अध्यनरत विद्यार्थीलाई (शैक्षिक सामाग्रीः ४०० थान कापी/कलम), खेलकुद सामाग्रीः ४ थान भलिबल/ फुटबल/ नेट) र स्थानियलाई स्वास्थ्य सामाग्रीः ( ४० थानजेष्ट नागरीकलाई स्ट्रिक, ४ थान स्ट्रेचर, ४ जना अपाङ्गता भएका व्यक्तिका लागी ह्विलचियर) वितरण गरे ।

मँगलादेवी मा.बिमा भएको शैक्षिक, खेलकुद तथा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा काठमाडौं इन्टरनेशनल ३२५ बि १ का डिस्ट्रिक जोन चेयर पर्सन तथा पुर्व अध्यक्ष कुमार गुरुङ, वर्तमान अध्यक्ष रामचन्द्र श्रेष्ठ, सुर्यगढी गाँउपालिका अध्यक्ष सन्तबहादुर घले, सुर्यगढी- काठमाडौं सम्पर्क समितीका अध्यक्ष दिपेन्द्र गिरी ,उपाध्यक्ष सुमन लामा तथा सोही वडाका युबा ब्यबसायी समाजसेबी बुद्ध लामाको उपस्थिती रहेको थियो.

काठमाडौं इन्टरनेशनल ३२५ बि १ का डिस्ट्रिक जोन चेयर पर्सन गुरुङ्गले भनेः विभिन्न किसिमले समस्यामा परेका, आर्थिक अभावका कारण शिक्षा बाट बन्चित बालबालिकाहरु लाई  शैक्षिक सामाग्री र शारिरिक रुपमा अपाङ्गता भएका  बितरण गर्ने कार्य गरिरहेका छौ ।

बिभिन्न सामाजिक संस्थामा लामो समय देखी आफ्नो साक्रियता देखाउदै आएका सामाजिक ब्यक्तित्व तथा युवा व्यवसायी गुरुङ कलाकार, खेलाडी, ब्यबसायी, मिडियाकर्मी, डिप्लोम्याट्स, बैँकर्स तथा राजापरिवार समेतले औधि रुचायिएको दरबारामार्गमा संचालित दरबारामार्गमा संचालित लोकप्रिय पारिवारिक रेस्टुरेन्ट किङ्स लाउन्जका संचालक समेत हुन ।

हामी लायन्स भनेर सहयोगि हातहरुका साथ उभिन पाउदा गौरव महसुश भएको र  आगामी दिनमा यस्ता सामाजीक काममा निरन्तर लागी रहने गुरुङ्गले बताए ।

फोटोफिचरः

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org