नेपालको परिवर्तन उल्ट्याउन सबैभन्दा बढी मलाई घेराबन्दीमा पारियाे : प्रचण्ड
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको परिवर्तनलाई उल्ट्याउन आफूलाई घेराबन्दी पारिएको बताएका छन्।
शुक्रबार बुटवलमा आयोजिथत राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरबाट आफूलाई घेराबन्दीमा पारिएको दाबी गरे।
‘१२ बुँदे समझदारी र शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला अहिले जीवित हुनुहुन्न्। म अहिले जीवितै छु। र, यो परिवर्तन उल्ट्याउनको निम्ति अहिले सबैभन्दा बढी घेराबन्दी ममाथि भइरहेको मैले महसुस गर्छु।
मैले धेरै गहिरोगरी यसको महसुस गरिरहेको छु,’ उनले भने, ‘देशभित्रका तमाम प्रतिगमनकारीहरु जो गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक भन्ने मन पराउँदैन थिए तिनीहरु र देश बाहिरका पनि दक्षिणपन्थि प्रतिक्रियावादी शक्तिहरु सबै मिलेर नेपालको परिवर्तनलाई उल्ट्याई छाड्ने कसरतमा छन्।’
एमाले र माओवादीको एकतापछि प्रचण्ड एसियाकै शक्तिशाली कम्युनिस्ट पार्टीको अध्यक्ष बनेको थिए। तर, यही फागुन २३ गते सर्वोच्च अदालतले दुई कम्युनिस्ट पार्टीबीचको एकतालाई वैधता नदिएपछि दुवै पार्टी अलग भएका छन्। सर्वोच्चको उक्त फैसलापछि प्रचण्डले आफूहरुमाथि षड्यन्त्र भएको बताउँदै आएका छन्।
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...