ताजा समाचार

एमालेले संसदीय दलसम्बन्धी विधान संशोधन गर्दै

काठमाडाैँ । नेकपा एमालेले  संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने भएको छ ।

त्यसका लागि सो दलले शनिबार बिहान १० बजे  संसदीय दलको बैठक बोलाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।
आजै केन्द्रीय समिति बैठक पनि बस्दैछ । केन्द्रीय कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी बनाउने कार्यालय सचिव रिजालले बताए। एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मङ्सिर २ देखि ६ गते तोकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org