रेडपाण्डाको छालासहित तिन जना पक्राउ
सोलुखुम्बु । दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को चोरी शिकारीमा वर्षौंदेखि संलग्न तीन जनालाई सोलुखुम्बु प्रहरिले पक्राउ गरेको छ ।
दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) चोरी शिकारी, ओसारपसार र बेचबिखनमा संलग्न ३ जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको हो ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ बस्ने ५७ वर्षीय मित्रधन राई, ५६ वर्षीय कविरशंखर राई र सोही गाउँपालिकाको वडा नं. २ बस्ने ७६ वर्षीय जगतबहादुर राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी कवित कटवालले न्युज नेपाललाई जनकारी दिए ।
उनीहरुले मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बफरजोनभित्र वन्यजन्तुलाई चोरी शिकारी गर्ने, आखेटोपहार लुकाइछिपाइ राखी ओसारपसार तथा बेचबिखनमा समेत संलग्न रहेको पाईएको हो ।
प्रहरीको अनुसन्धानका अनुसार मित्रधनले पासो बनाएर रेडपान्डाको शिकार गर्ने, कविरशंखर शिकार गरेको रेडपान्डा संकलन गर्ने र जगतबहादुरले ओसारपसार तथा वेचविखन गर्ने गरेको प्रहरीले जनाएको छ ।
‘उनीहरुले सयौं रेडपाण्डाका शिकार गरी किमाथांका नाका हुँदै चीनतर्फ तस्करी गरेको खुलेको छ,’ डीएसपी कटवालले भने ।
उनीहरुको साथबाट रेड पान्डाको छाला ७ थान र चोरीशिकारीका लागि प्रयोग गरिने ५ थान पासो पनि प्रहरीले बरामद गरेको छ । उनीहरुलाई गत सोमबार पक्राउ गरिएको हो । डीएसपी कटवालले उनीहरुलाई आवश्यक कारबाहीका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइने जानकारी दिए ।
पक्राउ परेकाहरुमाथि राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को १ अनुसार कारबाही हुनेछ, जसअनुसार पाँचदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
रेडपान्डाको विशेषगरी वासस्थान निगालो भएको जंगल हो । यसले निगालोको टुसा र पात खाने गर्दछ ।
मुलुकका २३ हिमाली तथा पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, डोल्पा, जुम्ला, मुगु, कालीकोट र जाजरकोटमा रेडपान्डा पाइन्छ
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...