ढोरपाटनमा शिकार गर्ने दोस्रो सिजन शुरू
काठमाडौं । विदेशी साहसी शिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरू हुने भएको छ।
कात्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुन्छ। अघिल्लो वर्षदेखि कोरोना सङ्क्रमण र लकडाउनले अलपत्र परेको शिकार यो वर्षको पहिलो सिजनमा पनि शुरू हुन सकेको थिएन।
यो पटक आठ वटा नाउर र चार झारलको शिकार हुन लागेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए। हरेक वर्ष कात्तिक र चैतमा दुई सिजन शिकार खुल्ने गरेको छ।
चालु वर्षको दोस्रो सिजनका लागि स्पेनका तीन, अमेरिकाका एक, रसियाका एक, युक्रेनका एक र फ्रान्सका दुई गरी आठ शिकारीले शिकार गर्ने छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले १० नाउर र छ झारलको लागि खुलाएको बोलपत्र आह्वानमा सोचेभन्दा थोरै शिकारी आएको आरक्ष कार्यालयले जनाएको छ। शिकारी आउने देशमा अझै कोरोना सङ्क्रमणको समस्याले थोरै आएको अनुमान गरिएको छ। आएका शिकारीलाई आरक्ष कार्यालयले ब्लक अनुसारको क्षेत्र तोकेर पठाउने काम गर्ने सहायक संरक्षण अधिकृत सूर्य खड्काले बताए।
आरक्षका अनुसार ग्लोबल सफारिज नेपालले तीन नाउर र एक झारल, नेपाल ट्राभल्स एक्सपिडिसन प्रालिले चार नाउर र दुई झारल, हिमालयन सफारिजले एक झारल र एक नाउर शिकार गर्न पाउने अनुमति लिएका हुन्। विश्वव्यापी कोरोनाले शिकार प्रभावित भएको ग्लोबल सफारिज नेपाल प्रालिले जनाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ११ अनुसार कुनै पनि व्यक्तिले शिकार अनुमतिपत्र लिएर शिकार खेल्न पाउने व्यवस्था छ।
विभागले तोके अनुसारको राजस्व बुझाउने र हतियार चलाउन सक्ने लाइसेन्ससमेत भएको व्यक्तिले मात्र शिकार अनुमतिपत्र लिन पाउने व्यवस्था छ। नेपाली र विदेशी जुनसुकै नागरिकले पाउने भए पनि अहिलेसम्म विदेशी शिकारीले मात्रै अनुमति लिएर शिकार गरिरहेका छन्।
स्थानीय सहयोगीका रूपमा भने उनीहरूले बागलुङलगायत विभिन्न क्षेत्रका व्यावसायिक शिकारीलाई साथ लिने गरेका छन्। ढोरपाटनमा शिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन्।
अन्तरराष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन्।
Comments
अरु समाचार
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
शाइन रेसुंगा बैंकलाई फेरि ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा...
-
प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने
काठमाडाैँ । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्।...
-
गण्डकी प्रदेशसभाको चालु अधिवेशन आकस्मिक रुपमा अन्त्य
काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२...