बागलुङमा आफ्ना कार्यकर्ताको हत्या गर्नेलाई कारवाही गर्न कांग्रेसको माग
काठमाडाैँ । नेपाली कांग्रेसले बागलुङमा आफ्ना कार्यकर्ताको हत्या गरेकोमा दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै बागलुङमा अमानवीय घटना घटेकोले दोषीलाई छिटो पक्राउ गरी कारवाही गर्न माग गरेका छन्।
‘बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ। होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ,’ शर्माले भनेका छन्।
घटनामा प्रकाश कुँवर र दिपक नेपालीको मृत्यु भएको थियो। कुँवर कांग्रेस बागलुङ जिल्ला कार्यसमिति सदस्य हुन्।
‘दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ। प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ शर्माले भनेका छन्।
घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसंग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्वसभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम सोमबार बिहान घटनास्थल गएको कांग्रेसले जनाएको छ।
घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानुनी कारवाही गर्न कांग्रेसको माग छ।
Comments
अरु समाचार
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
शाइन रेसुंगा बैंकलाई फेरि ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा...
-
प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने
काठमाडाैँ । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्।...
-
गण्डकी प्रदेशसभाको चालु अधिवेशन आकस्मिक रुपमा अन्त्य
काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२...