भारत फेरि कोरोना भाइरस महामारीको विश्वकै ‘हटस्पट’
काठमाडाैँ । भारत फेरि एकपटक कोरोना भाइरस महामारीको विश्वकै ‘हटस्पट’ बनेको छ।
पछिल्ला दिनमा भारतमा संक्रमण दर अत्याधिक छ।
शनिबार एकै दिन भारतमा ९० हजार भन्दा बढिमा संक्रमण पुष्टि भयो भने पाँच सय भन्दा धेरैको मृत्यु भयो। हाल एकै दिन यति धेरैमा संक्रमण र मृत्यु विश्वकै धेरैमा पर्छ।
कोरोना संक्रमणको दैनिक संख्याका आधारमा शुक्रबारदेखि भारतले अमेरिका र ब्राजिललाई पछि पारेको छ। गएको शुक्रबार भारतमा झण्डै ६९ हजारमा संक्रमण पुष्टि भएको थियो भने ब्राजिलमा झण्डै ७२ हजार संक्रमित भएका थिए।
तर शनिबार अवस्था भारतमा थप भयानक भयो । ९० हजार भन्दा धेरै संक्रमित भए भारतमा। स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकै दिन संक्रमितको संख्या ९० हजार भन्दा धेरै गएको सेप्टेम्बर यता पहिलो पटक पुगेको हो।
कोरोनाका कारण हुने दैनिक मृत्युको संख्या पनि अहिले गएको नोभेम्बर–डिसेम्बर ताकाको जस्तो भएको छ। अहिलेसम्म ६४ हजार ११० भारतीयको कोभिड–१९ का कारण ज्यान गएको छ।
कुल संक्रमितको सूचिमा भारत तेस्रो स्थानमा छ। जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार भारतले संक्रमित संख्यामा कुनै पनि समय ब्राजिललाई पनि उछिन्न सक्ने छ।
अमेरिकामा अहिलेसम्म तीन करोड ६ लाख ७१ हजार चार, ब्राजिलमा एक करोड २९ लाख ५३ हजार ५९७ तथा भारतमा एक करोड २३ लाख ९२ हजार दुई सय पुगेको छ कुल संक्रमितको संख्या।
Comments
अरु समाचार
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...