सत्ता समीकरणका लागि देउवा अग्रसर, आज तीन दलको बैठक
काठमाडौं । नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन्।
पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले आज दिउँसो ३ बजे देउवा निवास बुढानिलकण्ठमा बैठक बोलाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाकारी दिए। देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको बैठक बोलाएका हुन्।
देउवाको पछिल्लो कदमले सत्ता समीकरणको चलखेलमा नयाँ दृश्य देखिने संकेत गरेको छ। एक साता अघि नयाँ सत्ता समीकरणका लागि अग्रसरता लिने काँग्रेस केन्द्रीय समितिले निर्णय लिए पनि काँग्रेस सभापति शेरबहादुर देउवा सत्ता समीकरणका लागि इच्छा देखाएका थिएनन्। तर, अहिले सभापति देउवाले अग्रसरता देखाएका छन्। सत्ता समीकरणबारे छलफल गर्न सबै विपक्षीको संयुक्त बैठक हुन लागेको यो पहिलो पटक हो। यसअघि दुई पक्षीय छलफल भए पनि ती छलफल निष्कर्षबिहीन बनेका थिए।
काँग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले आजको बैठकमा सत्ता समीकरणको विषयमा छलफल हुने जानकारी दिए। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि नै काँग्रेसको एक समूह ओली सरकारलाई विस्थापित गर्नुपर्ने अडानमा लागेको थियो। त्यतिबेला काँग्रेसले संसद विघटनलाई असंवैधानिक भन्दै सडक आन्दोलन गरे पनि सभापति देउवा भने मध्यावधि चुनाव केन्द्रीत अभिव्यक्ति दिँदै आएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारको विस्थापन र संसद पुनःस्थापनामा जोड दिएका छन्। तर पछिल्लो पटक ओली सरकार विस्थापन गर्ने विषयमा एकमत बन्दै गएको छ।
माओवादी केन्द्रबाट निर्वाचित ४ सांसदको पद बिहीबार खारेज ४ जना सांसद निलम्बनको अवस्थामा हुँदा अहिले प्रतिनिधिसभा सदस्यको संख्या २ सय ६७ पुगेको छ। यसअनुसार सरकार बनाउन १३४ सिट आवश्यक पर्छ। काँग्रेसको ६१, माओवादी केन्द्रको ५२ र जनता समाजवादीको ३२ सिट छ। ओली सरकारको विकल्पका लागि तीनै विपक्षी एकजुट हुनुपर्छ।
उता एमालेको १२१ सिट छ। ओली सरकारको निरन्तरताका लागि अब उसलाई १३ सिटमात्र भए पुग्छ। तर, एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गरिरहेको छ। उसले ओली सरकारको निरन्तरता दिन सहयोग गर्छ वा फ्लोर क्रस गर्छ त्यो पनि शंकाकै विषय छ।
Comments
अरु समाचार
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...