पूर्वडीआईजी छविलाई रास्वपाका नेताहरूको जिम्मामा छाडियो
पोखरा । अदालतको आदेशपछि धरौटीमा रिहा भएका गोर्खा मिडियाका पूर्वसञ्चालक, पूर्वडीआईजी छविलाल जोशीलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूको जिम्मामा छाडिएको छ । बिहीबार अदालतको आदेशपछि ६५ लाख रुपैयाँ बैंक जमानत बुझाएर रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा भए । उनलाई पार्टी उपसभापति डोलप्रसाद अर्याल (डीपी) र लामिछाने पत्नी निकिता पौडेलको जिम्मामा प्रहरीले छाडेको हो ।
लामिछानेसँगै सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा धरौटीमा छुटेको अर्का आरोपित छविलाल जोशी पनि रास्वपा उपसभापति अर्यालकै जिम्मामा रिहा भएका हुन् ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार लामिछाने र जोशी दुवैलाई काठमाडौं अदालतमा स्वयं उपस्थित हुनेगरि छाडिएको हो । लामिछानेले ६५ लाख र जोशीले ८८ लाख रुपैयाँ बैंक जमानत बुझाएका हुन् । यस्तै, नेचर हब्र्सका रामबहादुर खनाललाई चाहिँ बहिनी देवीका विष्टको जिम्मामा छाडिएको ओलियाले बताए । खनालले १५ लाख रुपैयाँ जमानत बुझाएर छुटेका हुन् । उनीहरूविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा पनि मुद्दा छ ।
सोही मुद्दाकाआरोपित जीबी राईकी सहयोगी लीला पछाई भने धरौटी बुझाउन नसक्दा कारागार चलान भएकी छन् । सहकारी ठगीको मुद्दा लागेका पूर्वसांसद मीना गुरुङ पाँच लाख, उनका बुबा कृष्णप्रसाद गुरुङ एक लाख र सहकारीकी पूर्वकोषाध्यक्ष आरती गुरुङ पाँच लाख धरौटी बुझाएर रिहा भइसकेका छन् ।
Comments
अरु समाचार
-
महिला विश्वकप क्रिकेटमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित
काठमाडौँ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ...
-
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि किन हवाई सेवा बन्द ?
गुल्मी: यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका...
-
कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि...
-
सुक्खा पहिरोले अवरुद्ध कोशी राजमार्ग खुल्यो
काठमाडौं । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ ।...
-
यू-१९ महिला विश्वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
काठमाडौं । आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियामा आजदेखि सुरु भएको...
-
पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रर्बद्धन
गलकोट (बागलुङ): अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्षभन्दा पहिले बनाइएका...
-
नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव चैतमा, ४० देशका ८७ चलचित्र छनोट
काठमाडौँ: ‘नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने...
-
तराईमा हुस्सु-कुहिरो, स्वास्थ्य सतर्कता अपनाउन आग्रह
काठमाडौँ: पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको...
-
आजको राशिफल: २०८१ माघ ५ गते शनिबार
मेष: अध्ययनमा त्यति समय दिन नसकिएला। नियमित काम र व्यवसाय सामान्य अवस्थामै चल्नेछन्। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन...