शीतलनिवासमा फेरि हुँदैछ अर्को विभूषण वितरण, नेपालको परिवर्तित नक्सा नै अंकित गरिने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ का लागि घोषणा भएका ६६३ जनालाई विभूषण, तक्मा र पदक बाँडेको छैटौं दिनमा पुनः अर्का ५९३ जनालाई विभूषण बाँड्ने भएकी छिन् ।
२०७७ मा विभूषित हुने सूचीमा रहेकाहरूलाई २०७८ वैशाख १ गते पुनः विभूषण दिन शीतल निवासमा कार्यक्रम आयोजना गरिएको गृहमन्त्रालयले जनाएको छ ।
कोभिड–१९ महामारीका कारण २०७६ सालको असोज ३ गते संविधान दिवसमा विभूषित हुनेको सूचीमा रहेकाहरूले चैत २७ गते विभूषण लिएका थिए । यतिबेला मुलुकमा पुनः कोभिड–१९ को नयाँ भेरियन्ट फैलने त्रास छ । राष्ट्रपति निवासमा विभूषण बाँड्ने भीडभाड र तामझाम चल्दै गर्दा शुक्रबार नै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भीडभाड हुने शैक्षिक संस्थाहरूमा शैक्षिक गतिविधि अनलाइनमार्फत् गर्न सरकारलाई सुझाव दिएको थियो ।
विज्ञ डा. अनुप सुवेदीले कोभिड–१९ को नयाँ भेरियन्ट छिटो सर्ने र त्यसले घातक असर गर्ने भएकाले सचेत हुनुपर्ने बताउँछन् । तर राष्ट्रप्रमुखले नै भीडभाड र भेलासहितका यस्ता गतिविधि गर्नु कति उचित हो भन्ने प्रश्न उठेको छ ।
कोभिड–१९ महामारीका कारण २०७६ मा घोषित विभूषण वितरणमा ढिलाइ भएपछि अहिले सम्मान लिने र दिनेले हतारो गरेको टिप्पणी सार्वजनिक वृत्तबाट भइरहेको छ । सरकारको सिफारिशमा राष्ट्रपतिले सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) – १ जना, प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितिय)– ४ जना, सुकिर्तिमय राष्ट्रदीप (तृतीय)– ७ जना, सुप्रबल जनसेवा श्री (तृतीय)–८६ जना, किर्तिमय राष्ट्रदीप (चतुर्थ)– ८ जना, प्रबल जनसेवा श्री (चतुर्थ)– २४२ जना, जनसेवा श्री (पञ्चम) – १०४ जनालाई वितरण गर्दैछिन् ।
गृहमन्त्रालयले २०७६ मा नाम घोषणा भइ २०७७ वैशाख १ मा विभूषित गर्ने तय भएकाले उक्त विभूषणमा अंकित नेपालको नक्सा पुरानै रहेको भन्दै २०७८ वैशाख १ मा विभूषित हुनेहरूलाई लिम्पियाधुरा, लिपुलेक र कालापानी सहित समावेश नक्सा अंकित विभूषणबाट सम्मान गरिने जनाएको छ ।
त्यस्तै, अलंकारतर्फ राष्ट्र यशोबर्धक – २ जना, नेपाल सेवा प्रवीण– १ जना, समाजसेवा रत्न–११ जना, परम पौरख भाष्कर– १२ जना, नेपाल प्रताप सुभूषण– २४ जना, अति पौरख भाष्कर– २० जना, नेपाल प्रताप आभूषण–१४, महापौरख भाष्कर– १२ जना, नेपाल प्रताप भूषण – १८ जना रहेका छन् । यसका अतिरिक्त राष्ट्रसेवा पदक– २, सुकिर्ति पदक– १२ र प्राकृतिक पीडितोद्दार पदक– १३ जनालाई वितरण गरिदैंछ ।
सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) डा. सुन्दुक रुइत तथा प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितिय) सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त नवीन घिमिरे, प्रधान सेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाल सम्मानित भएका छन् ।
हेर्नुहोस् को–को हुँदैछन् विभूषित
Comments
अरु समाचार
-
सरकारले गर्यो ६ सचिवको सरुवा: शिक्षामा काफ्ले, पर्यटनमा पाण्डे
काठमाडौं । काठमाडौं । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना...
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...