सत्ता समीकरणमा निर्णायक हुने भनिएको जसपा बैठक सुरु
काठमाडाैँ । सत्ता समीकरणबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा)का शीर्ष ६ नेताको बैठक सुरु भएको छ।
पार्टी कार्यालय बालकुमारीमा सुरु भएको बैठकले नयाँ सरकार गठनमा सहयोग गर्नका लागि नेपाली कांग्रेसले गरेको आग्रहबारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।
छलफलमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् सदस्य डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी भएका छन्।
शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपाका नेतालाई आफ्नै निवास बूढानीलकण्ठ बोलाएर आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग गर्न आग्रह गरेका थिए।
देउवाको प्रस्तावमा माओवादीले समर्थन जनाए पनि जसपाले भने समय मागेको थियो।
नयाँ सत्ता समीकरणको लागि कांग्रेसलाई साथ दिने कि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएर जाने भन्ने विषयमा जसपामा दुई धार छ।
अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण ओलीसँग मिलेर आफ्ना माग सम्बोधन गर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नयाँ सत्ता समीकरण बनाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ भन्ने पक्षमा छन्।
सोही कारण पार्टीभित्र ओलीको बहिर्गमन र नयाँ सरकार निर्माणमा कुन पक्षलाई साथ दिएर जाने भन्ने विषयमा शुक्रबार पनि जसपाका ६ जना नेता महाराजगञ्जस्थित एक नेताको घरमा छलफलमा बसेका थिए।
सो छलफलमा ओलीको बहिर्गमन नै पहिलो एजेण्डा बनाएर जानुपर्ने कुरामा ६ नेताबीचमा सैद्धान्तिक सहमति जुटेको बताइएको थियो।
आजको बैठकले त्यसबारे एउटा निर्णय गर्ने सम्भावना रहेको बताइन्छ।
Comments
अरु समाचार
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...
-
बर्खे अधिवेशनअघि प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासित सभामुखको छलफल
काठमाडाैँ । सभामुख देवराज घिमिरले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । उनले आज बिहान साढे ११...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...