उपत्यकाका सीडीओहरू बैठक बस्दै, थप कडाइ गर्ने तयारी
काठमाडौँ । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्दै छ । उक्त बैठकले उपत्यकाका तीनवटै जिल्लामा कहिलेदेखि निषेधाज्ञा लगाउने भन्ने विषयमा निर्णय लिन सक्ने उच्च स्रोतले दाबी गरेको छ ।
ललितपुरका निमित्त सीडीओ ललितकुमार बस्नेतका अनुसार अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गर्ने विषयमा छलफल गर्न आइतबार उपत्यकाका तीनवटै जिल्ला प्रशासकहरूको बैठक बसेको थियो । ‘हिजो हामी तीनै जना बसेर के गर्ने भन्नेबारे एक प्रकारको सोच बनाइसकेका छौं । अब आज पनि बैठक छ । हामी बसेर थप निर्णय गर्छौं,’ उनले भने ।
यस्तै भक्तपुर जिल्लाका सहायक सीडीओ मुकेशकुमार केशरीका अनुसार सीसीएमसीको आइतबारको बैठकले गरेको सिफारिसका बारेमा थप निर्णय गर्नका लागि तीनै जना सीडीओहरुको बैठक काठमाडौंमा बस्न लागेको हो ।
उनका अनुसार सबै जिल्लाले के गर्ने भनेर सोमबार दिउँसोसम्म केही निर्णय आउने सम्भावना छ । ‘अवस्था जटिल हुँदै गएको छ । त्यसैले उपत्यकाको हकमा के गर्ने भनेर उहाँहरूले हिजो पनि छलफल गरेर एउटा निर्णय गर्नुभयो,’ उनले भने, ‘आज पनि सीसीएमसीको सिफारिसमा केही निर्णय होला ।’
आइतबार बसेको सीसीएमसीको बैठकले काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमितको संख्या एक हजारभन्दा बढी भए कुनै पनि बेला निषेधाज्ञा जारी गर्न सक्ने अधिकार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूलाई दिएको थियो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दिएको जानकारीअनुसार सोमबार बिहान डी–सीसीएमसीको बैठक बसेर कहिले देखि निषेधाज्ञा जारी गर्ने निर्णय गर्नेछन् । ‘हामीले नयाँ कुनै निर्णय गरेको होइन, ६ गते जारी गरेका आदेशहरुलाई पालना गराउन सिफारिस गरेको मात्रै हो,’ उनले भने, ‘हामीले ६ गते नै अवस्था हेरेर जिल्ला प्रशासनले निर्णय लिन सक्छ भनिसकेका हौं । त्यसैलाई अब कार्यान्वयन गर भनेको हो ।’
मन्त्री त्रिपाठीका अनुसार केही दिनका लागि निषेधाज्ञा जारी हुने भएकाले सर्वसाधारणलाई केही तयारी गर्ने समय पनि दिनुपर्ने भएको बताए । उनका अनुसार डी–सीसीएमसीले काठमाडौं उपत्यकामा वैशाख १५ देखि निषेधाज्ञा लागू गर्न सक्छ । ‘अहिलेलाई निषेधाज्ञा मात्रै हुन्छ । तर, यसले पनि स्थिति नियन्त्रणमा नआउने अवस्था भएको खण्डमा भने लकडाउन नै गर्न जरुरी हुन्छ,’ उनले भने, ‘अहिले हाम्रो लक्ष्य मान्छेको आवागमनलाई मात्रै नियन्त्रण गर्नु हो । त्यो निषेधाज्ञाबाटै सम्भव हुन्छ ।’
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पीय धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै
काठमाडौं । बहुप्रतिक्षीत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा...
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही प्रदेशमा ठूलो वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ। मनसुनको...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
खिलेन्द्र पौडेललाई आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरियो
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन्। आइएमई लिमिटेड र जीएमइको मर्जरपछि बिदा भएका...