‘एमालेलाई बधाई, विरोधमा माओवादीले समय खेर फाल्नु हुँदैन’: नारायणकाजी
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अब अरूको विरोधमा समय खेर फाल्न नहुने धारणा राखेका छन्। शुक्रबार फेसबुकमा लेख्दै उनले अब प्रतिक्रियात्मक भएर माओवादीले अरुको विरोधमा समय खेर फाल्न नहुने बताएका हुन्।
एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल पक्षबीचको वार्ता सकरात्मक भएर प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएपछि श्रेष्ठले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
श्रेष्ठले वैचारिक छिपछिपेपन, विधि पद्धतिको अवज्ञा,गुटवन्दी, भ्रष्टिकरणबाट माथि उठ्नुपर्ने सुझाव दिएका छन्। ‘देशभक्ति, क्रान्तिनिष्ठता, सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थितरुपमा वैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्छ ।’ उनले भनेका छन्, ‘वैचारिक छिपछिपेपन, विधि पद्धतिको अवज्ञा, व्यक्तिवाद, संकिर्णता, अनेकता, गुटवन्दी, भ्रष्टिकरणबाट माथि उठ्नुपर्छ र त्यसकोविरुद्ध संघर्ष गर्न दृढ हुनुपर्छ। त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौं। ’
उनले घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारीकन आजको आवश्यकता पूरा गर्न नसकिने बताएका छन्। उनले तत्काल भने कोरोनाको रोकथाम तथा नियन्त्रणमा सिङ्गो पाटी पङ्क्ति लाग्नुपर्ने बताएका छन्।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...