सूर्य नेपालले दियो उपत्यकाका तीन सरकारी अस्पताललाई स्वास्थ्य सामाग्री
काठमाडाै । सूर्य नेपाल प्राइभेट लिमिटेडले काठमाडाैँ ३ सरकारी अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल स्थित राष्ट्रिय ट्रमा सेन्टर र निजामति कर्मचारी अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
सूूर्य नेपालले यी तीन अस्पताललाई ल्याटेक्स पन्जा, सर्जिकल मास्क, अनुहार ढाक्ने फेस सिल्ड, व्यक्तिगत सुरक्षा उपकरण र अक्सिमिटर सहयोग गरेको हो । स्वास्थ्य सामग्रीहरु सम्बन्धित अस्पतालका कार्यकारी निर्देशकहरुलाई शनिबार हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामग्री हस्तान्तरण र वितरणको कार्यलाई ती अस्पतालमा कार्यरत चिकित्सकहरुको प्रतिनिधित्व सहित काठमाण्डौ स्थित एउटा गैर नाफामूलक संस्था इजीबोसाले सहजीकरण गरेको थियो ।
विद्यमान कोभिड १९ महामारीको दोश्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा पारेको उल्लेख्य दवावलाई विचार गरी यस प्रकारको अभूतपूर्व संकटको घडिमा कम्पनीले अन्य विभिन्न क्रियाकलापहरु समेत सञ्चालन गर्ने योजना रहेको छ ।
यस वर्षको शुरुवातमा नै कम्पनीले ७ करोड रुपैयाँ रकम (प्रत्येक प्रदेशलाई रु. १ करोडका दरले) ७ वटै प्रदेशहरुमा स्थापनमा गरिएको कोभिड १९ उपचार तथा नियन्त्रण कोष मा योगदान गरेको थियो ।
Comments
अरु समाचार
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पीय धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै
काठमाडौं । बहुप्रतिक्षीत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा...
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही प्रदेशमा ठूलो वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ। मनसुनको...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
खिलेन्द्र पौडेललाई आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरियो
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन्। आइएमई लिमिटेड र जीएमइको मर्जरपछि बिदा भएका...
-
आज गाईजात्रा पर्व मनाइँदै,उपत्यकामा सार्वजनिक बिदा
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर...