ताजा समाचार

सूर्य नेपालले दियो उपत्यकाका तीन सरकारी अस्पताललाई स्वास्थ्य सामाग्री

काठमाडाै । सूर्य नेपाल प्राइभेट लिमिटेडले काठमाडाैँ  ३ सरकारी अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल स्थित राष्ट्रिय ट्रमा सेन्टर र निजामति कर्मचारी अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

सूूर्य नेपालले यी तीन अस्पताललाई ल्याटेक्स पन्जा, सर्जिकल मास्क, अनुहार ढाक्ने फेस सिल्ड, व्यक्तिगत सुरक्षा उपकरण र अक्सिमिटर सहयोग गरेको हो । स्वास्थ्य सामग्रीहरु सम्बन्धित अस्पतालका कार्यकारी निर्देशकहरुलाई शनिबार हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण र वितरणको कार्यलाई ती अस्पतालमा कार्यरत चिकित्सकहरुको प्रतिनिधित्व सहित काठमाण्डौ स्थित एउटा गैर नाफामूलक संस्था इजीबोसाले सहजीकरण गरेको थियो ।

विद्यमान कोभिड १९ महामारीको दोश्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा पारेको उल्लेख्य दवावलाई विचार गरी यस प्रकारको अभूतपूर्व संकटको घडिमा कम्पनीले अन्य विभिन्न क्रियाकलापहरु समेत सञ्चालन गर्ने योजना रहेको छ ।

यस वर्षको शुरुवातमा नै कम्पनीले ७ करोड रुपैयाँ रकम (प्रत्येक प्रदेशलाई रु. १ करोडका दरले) ७ वटै प्रदेशहरुमा स्थापनमा गरिएको कोभिड १९ उपचार तथा नियन्त्रण कोष मा योगदान गरेको  थियो ।                                                                 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org