आजदेखि निषेधाज्ञामा कडाइ : पसल नै खोल्न नपाइने आदेशमा के छ ?
काठमाडाै । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि उपत्यकामा लगाइएको निषेधाज्ञा आजदेखि एक साताका लागि थप गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकायको संयुक्त बैठकले कडा प्रावधानसहित आजदेखि जेठ २० गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
एक साताको निषेधाज्ञामा किराना पसल, डिपार्टमेन्टल स्टोर बन्द गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । त्यस्तै सर्वसाधारणको आवतजावतलाई पनि पूर्ण रुपमा बन्देज गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
त्यस्तै कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारी साधन सञ्चालनमा पनि कडाइ गरिएको छ भने सबै प्रकारका सार्वजनिक र नीजि निर्माण कार्यलाई स्थगन गर्ने तथा निर्माण सामाग्री बोकेका सवारी साधनलाई पनि सञ्चालनमा रोक लगाइने पराजुलीले बताए ।
प्रशासनले लगाएको निषेधाज्ञा उल्लंघन गरेको पाइने कैद र जरिवानासमेत गर्ने गरी आदेश जारी गरिएको पराजुलीले जानकारी दिए । त्यस्तै बैठकले यसअघि जारी गरिएका सवै प्रकारका पाससमेत खारेज गरेको छ । दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीन प्रशासन कार्यालयले बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो ।
यसैबीच काठमाडौँ उपत्यकामा अब फोन गरेमा घरमै खाद्यान्न आइपुग्ने व्यवस्था भएको छ । उपत्यकामा किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेसँगै वैकल्पिक व्यवस्था गरिएको हो ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा फोन गरे खाद्य सामाग्री घरमै आइपुग्ने काठमाडौँ जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक सूचना जारी गरेको छ ।
‘कतै खाद्यान्न वस्तुको अभाव भई खरिद गर्नुपर्ने अत्यावश्यक भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तर्फबाट मोबाइल गाडीमार्फत स्थानीय तहको समन्वयमा स्थानीय स्तरमै खाद्यान्न खरिद विक्रिको व्यवस्था मिलाइएको’ जारी सूचनामा भनिएको छ ‘खाद्यान्न सम्बन्धी जुनसुकै समस्या भएमा निम्नानुसारका सम्पर्क व्यक्तिहरुसँग सम्पर्क गर्नु हुन सबैमा अनुरोध छ ।’
किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयबाट आलोचित प्रशासनको आलोचना भइरहेको थियो ।
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पीय धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै
काठमाडौं । बहुप्रतिक्षीत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा...
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही प्रदेशमा ठूलो वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ। मनसुनको...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
खिलेन्द्र पौडेललाई आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरियो
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन्। आइएमई लिमिटेड र जीएमइको मर्जरपछि बिदा भएका...