ताजा समाचार

नेपाल-खनाल समूहप्रति आक्रोश पोख्दै ओलीले भने- सांसदको शपथविरुद्ध उभिएर बेइमानी गरे

काठमाडाै ।  प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट निष्कासनमा परेका माधवकुमार नेपाल र झलनाथ खनाल समूहले देशविरुद्ध अनिष्ट हुने काम गरेको आरोप लगाएका छन् ।

आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल-खनाल समूहप्रति आक्रोश पोखेका हुन् । उनीहरूले सांसदको शपथविरुद्धको गतिविधि गरेको ओलीको भनाइ थियो ।

‘आफ्नो सरकारविरुद्ध विश्वासको मत नहाल्ने, मतदान नगरेर बाहिर बस्ने, कहिले अर्को सरकार बनाउन विपक्षीकहाँ पुग्ने । दलीय अनुशासन, दलीय मर्यादा, संसदीय प्रणाली या कुनै पनि अनुशासनको प्रणाली । तिनले खाएको शपथ झुटो हो । शपथ बेइमानी हो । तिनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको छ,’ उनले आक्रोश थियो ।

प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवलाई साथ दिएर त्यस समूहले निर्लज्ज काम गरेको ओलीको टिप्पणी थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org