कोरोना बिरुद्ध लड्न राप्ती समाज जापानद्धारा चार लाख बढी रकम संकलन
काठमाडौँ ।राप्ती समाज जापानले कोरोना रोकथाम, नियन्त्रणका लागि चार लाख भन्दा बढी आर्थिक संकलन गरेको छ । पछिल्लो समय साबिकको राप्ती अञ्चलका विभिन्न जिल्लामा कोभिडका १९ का बिरामीहरुको लागि अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरुको अभाव भएपछि जापानमा विभिन्न पेशा व्यवसायको सिलसिलामा बस्दै आएका नेपालीहरुले उक्त रकम संकलन गरेका हुन । संकलन भएको उक्त रकमले साविकको राप्ती अञ्चलका कोरोनो बढी प्रभावित जिल्लामा आवश्यक सामाग्री खरिद गरि हस्तान्तरण गरिने भएको छ । अभियानबाट संकलीत रकम र समाजको आन्तरीक कोषबाट १ लाख गरी जम्मा ४ लाख ३२ हजार ३ सय ५७ रुपैया आज संस्थाका संरक्षक विशेश्वर रेग्मीलाई नेपाल पठाईएको राप्ती समाज जापानका महासचिब प्रकाश ओलीले जानकारी दिए । उनका अनुसार केहि दिनमा सामान खरिद गरेर वितरण गरिने छ ।
समाजले यस अघि पनि विभिन्न सामाजिक क्षेत्रमा कामहरु गर्दै आएको छ । यस अघि दिल वहादुर रम्तेल बचाउ अभियान , धुर्मुस सुन्तली फाउन्डेसनको नमूना नेपाल परियोजना, सिदार्थ माध्यामिक बिद्यालय घोप्टेओढार पातिहाल्ना रोल्पा जिनाबाङ, दाङका भुकम्प पिडीत, ब्लड क्यान्सरबाट पिडित भएकी रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायलाकी जमुना नगाल गहतराजलाई उपचार्थ सहयोग, लडेर मेरुदण्ड भाँचिएर थला परेका सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका–१ का सुरेन्द्र कुमार बम्जन ,रुकुम पूर्वका मुटुभित्र प्वाल परेका सरद ओली लाई आर्थिक सहयोग गरेको छ ।
अहिले सबै दुख पीडामा रहेका नेपालीहरुको लागि समाज एउटा सहयोगि साथी बनेको छ । यसरी विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दा आफूलाई पनि गर्व लाग्ने र पीडितको घाउमा मल्हम लगाउने काम गरिएको राप्ती समाजका महासचिब प्रकाश ओलीले बताए।
सहयोगीहरुको विवरण :
Comments
अरु समाचार
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
विश्वकप लिग-२: नेपालले आज चिरपरिचित प्रतिद्वन्दी ओमानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...