ताजा समाचार

कोरोना बिरुद्ध लड्न राप्ती समाज जापानद्धारा चार लाख बढी रकम संकलन

काठमाडौँ ।राप्ती समाज जापानले  कोरोना रोकथाम, नियन्त्रणका लागि चार लाख भन्दा बढी आर्थिक संकलन गरेको  छ ।  पछिल्लो समय साबिकको राप्ती अञ्चलका विभिन्न जिल्लामा कोभिडका १९ का बिरामीहरुको लागि अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरुको अभाव भएपछि जापानमा विभिन्न पेशा व्यवसायको सिलसिलामा बस्दै आएका नेपालीहरुले उक्त रकम संकलन गरेका हुन । संकलन भएको उक्त रकमले साविकको राप्ती अञ्चलका कोरोनो बढी प्रभावित जिल्लामा आवश्यक सामाग्री खरिद गरि हस्तान्तरण गरिने भएको छ । अभियानबाट संकलीत रकम र समाजको आन्तरीक कोषबाट १ लाख गरी जम्मा ४ लाख ३२ हजार ३ सय ५७ रुपैया आज संस्थाका संरक्षक विशेश्वर रेग्मीलाई नेपाल पठाईएको राप्ती समाज जापानका महासचिब प्रकाश ओलीले जानकारी दिए । उनका अनुसार केहि दिनमा सामान खरिद गरेर वितरण गरिने छ ।

समाजले यस अघि पनि विभिन्न सामाजिक क्षेत्रमा कामहरु गर्दै आएको छ । यस अघि दिल वहादुर रम्तेल बचाउ अभियान , धुर्मुस सुन्तली फाउन्डेसनको नमूना नेपाल परियोजना, सिदार्थ माध्यामिक बिद्यालय घोप्टेओढार पातिहाल्ना रोल्पा जिनाबाङ, दाङका भुकम्प पिडीत, ब्लड क्यान्सरबाट पिडित भएकी रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायलाकी जमुना नगाल गहतराजलाई उपचार्थ सहयोग, लडेर मेरुदण्ड भाँचिएर थला परेका सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका–१ का सुरेन्द्र कुमार बम्जन ,रुकुम पूर्वका मुटुभित्र प्वाल परेका सरद ओली लाई आर्थिक सहयोग गरेको छ ।
अहिले सबै दुख पीडामा रहेका नेपालीहरुको लागि समाज एउटा सहयोगि साथी बनेको छ । यसरी विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दा आफूलाई पनि गर्व लाग्ने र पीडितको घाउमा मल्हम लगाउने काम गरिएको राप्ती समाजका महासचिब प्रकाश ओलीले बताए।

सहयोगीहरुको विवरण :                                                     

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org