सरकारविरूद्ध सडक संघर्षमा विपक्षी गठबन्धन, विद्यार्थी संगठनको आज विरोध प्रदर्शन
काठमाडौँ। विपक्षी पाँच दलको गठबन्धनले सरकारविरूद्ध सडक संघर्ष थाल्दैछ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार भएको बैठकले सडक संघर्षमा जाने निर्णय गरेसँगै ती दलका भ्रातृ संगठनले आजै विरोध प्रदर्शन गर्दैछन् ।
कोरोना संक्रमण कम भएको तथा बाढीपहिरोको विपत्ति पनि नरहेकाले भौतिक दूरी कायम गरेर प्रदर्शन हुने विपक्षी गठबन्धनका नेताहरूले जनाएका छन् ।
सडक संघर्षका लागि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा एमालेका नेता भीम रावल, नेकपा माओवादी केन्द्रका नेता देव गुरूङ र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेको कार्यदल समेत तय भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको तथा त्यसमा राष्ट्रपतिले साथ दिएर प्रतिनिधिसभा भंग भएको भन्दै विपक्षी गठबन्धन सर्वोच्चमा मुद्दा विचारधिन रहेकै अवस्थामा सडक संघर्षमा होमिन लागेको हो ।
विद्यार्थी संगठनको आज विरोध प्रदर्शन
विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठन आज सरकारविरूद्ध प्रदर्शनमा उत्रदैछन् ।
नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध प्रदर्शन गर्न लागेका हुन् ।
सरकारले जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार गरेर निराश बनाएकाले विरोध प्रदर्शनमा उत्रिन लागेको उनीहरूले जनाएका छन् ।
मुलुक विपत्तिमा फस्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक,अलोकतान्त्रिक र स्वेच्छाचारी कदम चाल्दै संविधान नै सिध्याउने खेलमा लागेका आन्दोलित हुन बाध्य भएको अखिल क्रान्तिकारीका नेता तिलकराज भण्डारीले बताए ।
Comments
अरु समाचार
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...