ताजा समाचार

माधव नेपाललाई भेटेरै कुरा गरौं भने तर उहाँले इन्कार गर्नुभयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई भेटेरै कुरा गरौं भन्ने प्रस्ताव गरेकाे तर उनले नमानेको बताएका छन् ।

“माधव नेपाललाई हिजो फोन गरेँ । भेटेर कुरा गरौं भनेँ । उहाँले इन्कार गर्नुभयो,” केन्द्रीय कमिटी बैठकमा ओलीले भने, “उहाँले फोन पनि उठाउन मन थिएन । किचकिच गरेकाले उठाएँ भन्नुभयो ।”

प्रधानमन्त्री ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई एकताको महाअभियान नै चलाउन आग्रह गरे । माधव नेपाललाई पार्टीमा फर्काउनुपर्ने र त्यसको जिम्मा आफूलाई दिन भनेपछि जवाफमा ओलीले एकताको महाअभियान चलाउन भनेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org