ताजा समाचार

आज पनि छलफलमा एमाले कार्यदल, सुवास नेम्वाङ भन्छन्- हामी मिल्ने, मिलाउने कोसिसमै छाैँ

काठमाडाैँ । एमालेले आन्तरिक विवाद मिलाउन गठन गरेकाे कार्यदल बैठक आज पनि बस्दै छ ।

बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विवाद समाधानका उपायबारे नै छलफल हुने कार्यदल सदस्य सुवास नेम्बाङले जानकारी दिए ।

आज सहमति जुट्ने सम्भावना छ ? भन्ने प्रश्नमा नेम्वाङले भने- ‘हामी कोसिस गरिरहेका छौँ ।’

यसअघि हिजो लामो समयपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएको थियो ।

त्यस क्रममा ओलीले पार्टी एकताका लागि संयुक्त विज्ञप्ति जारी गर्ने प्रस्ताव गरे पनि नेता नेपालले अस्वीकार गरेका थिए । नेपालले आधारभूत मतभेद नटुङ्गिदासम्म विज्ञप्ति जारी गर्नुकाे अर्थ नरहने बताएका थिए ।

‘पहिला हामीबीचका असहमतिहरूलाई मिलाऔँ’, नेता नेपालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी उनीनिकट नेताले भने । त्यस्तै शक्ति सन्तुलनका विषयमा नेता नेपालले अघि बढाएको प्रस्तावमा ओली सहमत भएका थिएनन् । नेपालले राजनीतिक र सांगठनिक शक्ति सन्तुलनको विषयमा प्रस्ताव राखेका थिए ।

यद्यपि, नेपालनिकट कार्यदलका संयोजक भीम रावलले वार्ताबारे सहमति नजुटे पनि नेताहरूबीचको वार्ता सकारात्मक भएको दाबी गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org