आज पनि छलफलमा एमाले कार्यदल, सुवास नेम्वाङ भन्छन्- हामी मिल्ने, मिलाउने कोसिसमै छाैँ
काठमाडाैँ । एमालेले आन्तरिक विवाद मिलाउन गठन गरेकाे कार्यदल बैठक आज पनि बस्दै छ ।
बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विवाद समाधानका उपायबारे नै छलफल हुने कार्यदल सदस्य सुवास नेम्बाङले जानकारी दिए ।
आज सहमति जुट्ने सम्भावना छ ? भन्ने प्रश्नमा नेम्वाङले भने- ‘हामी कोसिस गरिरहेका छौँ ।’
यसअघि हिजो लामो समयपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएको थियो ।
त्यस क्रममा ओलीले पार्टी एकताका लागि संयुक्त विज्ञप्ति जारी गर्ने प्रस्ताव गरे पनि नेता नेपालले अस्वीकार गरेका थिए । नेपालले आधारभूत मतभेद नटुङ्गिदासम्म विज्ञप्ति जारी गर्नुकाे अर्थ नरहने बताएका थिए ।
‘पहिला हामीबीचका असहमतिहरूलाई मिलाऔँ’, नेता नेपालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी उनीनिकट नेताले भने । त्यस्तै शक्ति सन्तुलनका विषयमा नेता नेपालले अघि बढाएको प्रस्तावमा ओली सहमत भएका थिएनन् । नेपालले राजनीतिक र सांगठनिक शक्ति सन्तुलनको विषयमा प्रस्ताव राखेका थिए ।
यद्यपि, नेपालनिकट कार्यदलका संयोजक भीम रावलले वार्ताबारे सहमति नजुटे पनि नेताहरूबीचको वार्ता सकारात्मक भएको दाबी गरेका थिए ।
Comments
अरु समाचार
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । चितवनमा...
-
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि...