ताजा समाचार

कोटेश्वरबाट रावल फर्केपछि कार्यदल बैठक शुरु

काठमाडाैँ । नेकपा एमाले कार्यदलको बैठक ढिला गरी शुरु भएको छ ।

माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल आउन ढिलाइ भएको कारण कार्यदलको बैठक आधा घण्टा ढिला भएको हो । यसअघि बिहीबार साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक बस्ने भनिएको थियो ।

कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको हो । दुई नेताको छलफलमा लुम्बिनीका मुख्यमन्त्री समेत रहेका ओली पक्षीय नेता शंकर पोखरेल समेत सहभागी भएका थिए ।

सो भेटबारे जानकारी गराउन रावल माधव नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वरबाट रावल फर्किए लगत्तै कार्यदलको बैठक शुरु भएको हो ।

यो पनि पढ्नुहोस्………

एमाले कार्यदलको बैठकमा ढिलाइ, माधव नेपाल भेट्न भीम रावल कोटेश्वरमा

कार्यदलको बैठकअघि सिंहदरबारमा पौडेल, रावल र पोखरेलबीच छलफल

आज पनि छलफलमा एमाले कार्यदल, सुवास नेम्वाङ भन्छन्- हामी मिल्ने, मिलाउने कोसिसमै छाैँ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org