लगभग हामी समाधानको बिन्दूमा आएका छौंः गोकर्ण विष्ट
काठमाडौँ । सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदल सदस्य गोकर्ण विष्टले लगभग विवाद समाधानको बिन्दुमा पुगेको दाबी गरेका छन् ।
आज सिंहदरबारमा केही बेर बसेको कार्यदल बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै साँझ बस्ने बैठकले धेरै हदसम्म समाधान खोज्ने विश्वास व्यक्त गरे । विवाद समाधान गर्न अब धेरै समय नलाग्ने उनको भनाइ छ ।
‘कार्यदलले चौथो बैठक सम्पन्न गरेको छ । हिजोभन्दा आज थप प्रगती भएको छ । केही कुरा बाँकी छ त्यो कुरा टुंगो लगाउने गरी साँझ फेरि छलफल हुनेछ,’ उनले भने, ‘निष्कर्षमा पुग्न अब त्यती धेरै समय लाग्दैन । आज बेलुका धेरै हदसम्म समाधान खोज्छौं । अब धेरै लामो समय लाग्ने अवस्था छैन । लगभग हामी समाधानको बिन्दूमा आएका छौं ।’
सिंहरबारमा आज केही बेर बसेको कार्यदलको बैठक साँझ पुन: बस्नेगरी स्थगित भएको छ । हिजो साँझ एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच छलफल भएको थियो । ओली–नेपाल छलफल अघि बुधबार पनि कार्यदल बैठक बसेको थियो । कार्यदलकोबैठक सोमबारदेखि निरन्तर बसिरहेको छ ।
एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा अध्यक्ष केपी ओली समूहबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । यता नेपाल समूहबाट भीम रावलको संयोजकत्वमा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...