काम टुंग्यायौँ, भोलि बिहान ८ बजे सुखद् समाचार सुन्नुहुन्छ : सुवास नेम्वाङ
काठमाडौँ । नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले आफूहरुले कामलाई करिब टुंगो लगाइसकेको दाबी गरेका छन् ।
सिंहदरबारमा शनिबार भएको कार्यदल बैठकपछि सञ्चारकर्मीसँग नेता नेम्वाङले काम टुंग्याए बराबर रहेको र आइतबार बिहान सुखद् समाचार सुनाइने बताए । उनले भने, ‘काम टुंग्याए बराबर छ । भोलि बिहान ८ बजे सुखद् समाचार सुन्न पाउनुहुनेछ ।’
उनले पार्टीमा तीन वर्षदेखि विवाद कायम रहेकोले समाधानको उपाय खोज्न पनि समय लागेको प्रस्ट पारे । ‘यो विवादले झन्डै तीन वर्ष भयो होला, कत्रो विवादमार्फत हामी यहाँ आइपुगेका छौं । तीन वर्षको विवाद, आज हामी कति दिन भयो र बसेको, त्यसकारणले गर्दा ढिला भएको हो,’ उनले भने ।
नेता नेम्वाङले कार्यदल बैठक आइतबार बिहान ८ बजे सिंहदरबारमै पुन: बस्ने जानकारी पनि दिए ।
शनिबार अर्थ मन्त्रालयमा एक घण्टाभन्दा बढी समय बसेको कार्यदल बैठकले ‘सहमति’ लाई अन्तिम निष्कर्षमा पुर्याउन सकेन । शुक्रबार बसेको कार्यदल बैठकमा सहमति जुटेको र त्यसलाई शनिबार अन्तिम रुप दिने नेताहरुले दाबी गरेका थिए । बैठकपछि कार्यदल सदस्य गोकर्ण विष्टले पनि भोलि सार्थक निष्कर्षमा पुग्ने गरी बैठक सकिएको बताए । नेता विष्टले भने, ‘भोलिको दिन एकताको निष्कर्ष सुन्ने दिन हुनेछ ।’
त्यस्तै नेता भीम रावलले छलफलको अन्तिम विन्दुमा रहेको बताउँदै छिट्टै निष्कर्षमा दिने दाबी गरे । ‘हामीले विभिन्न विषयमा छलफल गरेका छौं । छलफलको अन्तिम विन्दुमा छौं । सम्भवतः छलफललाई छिट्टै पूरा गरेर निष्कर्षमा पुग्नेछौं ।’
कार्यदलका अर्का सदस्य घनश्याम भूसालले भने केही प्रतिक्रिया नदिई बाहिरिएका थिए । कार्यदलमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेता नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...