काम टुंग्यायौँ, भोलि बिहान ८ बजे सुखद् समाचार सुन्नुहुन्छ : सुवास नेम्वाङ
काठमाडौँ । नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले आफूहरुले कामलाई करिब टुंगो लगाइसकेको दाबी गरेका छन् ।
सिंहदरबारमा शनिबार भएको कार्यदल बैठकपछि सञ्चारकर्मीसँग नेता नेम्वाङले काम टुंग्याए बराबर रहेको र आइतबार बिहान सुखद् समाचार सुनाइने बताए । उनले भने, ‘काम टुंग्याए बराबर छ । भोलि बिहान ८ बजे सुखद् समाचार सुन्न पाउनुहुनेछ ।’
उनले पार्टीमा तीन वर्षदेखि विवाद कायम रहेकोले समाधानको उपाय खोज्न पनि समय लागेको प्रस्ट पारे । ‘यो विवादले झन्डै तीन वर्ष भयो होला, कत्रो विवादमार्फत हामी यहाँ आइपुगेका छौं । तीन वर्षको विवाद, आज हामी कति दिन भयो र बसेको, त्यसकारणले गर्दा ढिला भएको हो,’ उनले भने ।
नेता नेम्वाङले कार्यदल बैठक आइतबार बिहान ८ बजे सिंहदरबारमै पुन: बस्ने जानकारी पनि दिए ।
शनिबार अर्थ मन्त्रालयमा एक घण्टाभन्दा बढी समय बसेको कार्यदल बैठकले ‘सहमति’ लाई अन्तिम निष्कर्षमा पुर्याउन सकेन । शुक्रबार बसेको कार्यदल बैठकमा सहमति जुटेको र त्यसलाई शनिबार अन्तिम रुप दिने नेताहरुले दाबी गरेका थिए । बैठकपछि कार्यदल सदस्य गोकर्ण विष्टले पनि भोलि सार्थक निष्कर्षमा पुग्ने गरी बैठक सकिएको बताए । नेता विष्टले भने, ‘भोलिको दिन एकताको निष्कर्ष सुन्ने दिन हुनेछ ।’
त्यस्तै नेता भीम रावलले छलफलको अन्तिम विन्दुमा रहेको बताउँदै छिट्टै निष्कर्षमा दिने दाबी गरे । ‘हामीले विभिन्न विषयमा छलफल गरेका छौं । छलफलको अन्तिम विन्दुमा छौं । सम्भवतः छलफललाई छिट्टै पूरा गरेर निष्कर्षमा पुग्नेछौं ।’
कार्यदलका अर्का सदस्य घनश्याम भूसालले भने केही प्रतिक्रिया नदिई बाहिरिएका थिए । कार्यदलमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेता नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।
Comments
अरु समाचार
-
सुहाङ नेम्वाङको संसदीय राजनीतिमा शानदार ‘इन्ट्री’
काठमाडाैँ । इलाम क्षेत्र नम्बर–२ का २७ हजार बढी मतदाताले ३५ वर्षका सुहाङ नेम्वाङलाई शानदर विजयी गराउँदै सिंहदरबार पठाएका छन्...
-
उपनिर्वाचनले देखाइदिएको राजतन्त्रवादीको हैसियतः दुई क्षेत्रमा जम्मा ६४६ मत
काठमाडाैँ । संघीय संसदको पाँचौँ ठुलो दल राप्रपाले उपनिर्वाचनमा कमजोर नतिजा ल्याएको छ । इलाम–२ र बझाङ प्रदेशसभा १ मा...
-
एमालेले आज इलाममा विजय सभा गर्ने, सभालाई सम्बोधन गर्न ओली पनि पुग्दै
काठमाडाैँ । उपनिर्वाचनमा विजयी भएको नेकपा एमालले आज दिउँसो इलाममा विजय सभा गर्ने भएको छ। इलाम बजारमा दिउँसो एक बजे...
-
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवकाे जोड
काठमाडौँ, १८ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास...
-
अब मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्रिने
काठमाडौँ । मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सकिएको छ । सम्मेलनमा तीन परियोजनामा...
-
इलाममा घण्टी चिन्ह रास्वपाको जमानत जफत
विराटनगर । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत इलाम २ को मतगणना सकिएको छ । १९ जना उम्मेदवार रहेको यस क्षेत्रमा एमालेका सुहाङ...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
इलाममा जिततर्फ लम्किँदै सुहाङ
विराटनगर । इलाम क्षेत्र नम्बर २ मा भएको निर्वाचनको अब देउमाई नगरपालिकाको वडा नम्बर ९ इलाम नगरपालिका क्षेत्रको मात्रै मत...
-
बझाङ प्रदेशसभामा एमालेका उम्मेदवार दमन भण्डारी विजयी
कैलाली । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै...