ताजा समाचार

बालुवाटार बैठक छाडेर बाहिरिए वामदेम र भीम रावल

काठमाडाै । नेकपा एमाले उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठकबाट बाहिरिएका छन्।

बालुवाटारमा जारीबैठकमा आइतबार राति भएको सहमति अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएर उपाध्यक्ष रावल बाहिरिएका हुन्।

‘हिजो भएको सहमति बुझाउन स्थायी कमिटीको बैठकमा आएको थिएँ। अध्यक्षलाई बुझाएर बाहिरिएको छु,’ रावलले सञ्चारकर्मीहरुलाई भने, ‘अन्य विषयमा भने पछि बताउने छु।’

गौतम भने आफ्नो मोटरमा बसेर कुनै प्रतिक्रिया नदिई बाहिरिएका छन्।

प्रधानमन्त्री ओलीले बोलाएको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ। सो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कोही पनि सहभागी भएका छैनन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org