ताजा समाचार

संसदमा प्रदीप ज्ञवालीको प्रश्न– जस्केलाबाट छिरेका देउवालाई समर्थन कसरी गर्ने ?

काठमाडाैँ ।  एमाले सांसद प्रदीप ज्ञवालीले संविधानको अपव्याख्या गरेर जस्केलाबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई कसरी समर्थन गर्ने भनी प्रश्न गरेका छन् ।

संसदमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा दलीय आधारमा संशोधन गर्दै ज्ञवालीले प्रश्न गरे– जस्केलाबाट छिरेका प्रधानमन्त्रीलाई समर्थन कसरी गर्ने होला ?

उनले सरकारबाट बाहिरिनुपरेको पीडा पोखेको रूपमा नबुझ्न पनि आग्रह गरे । कम्युनिस्ट पार्टीको स्थापना, मनमोहन अधिकारी नेतृत्वको सरकारदेखि केपी ओली नेतृत्वको सरकारसम्मको उनले चर्चा गरे ।

लोकतान्त्रिक व्यवस्थामा अदालतले प्रधानमन्त्री तोक्न नसक्ने उनले बताए । देउवा पहिला श्री ५ (राजा) र अहिले श्रीमान् (न्यायाधीश) बाट प्रधानमन्त्री बनेको उनको भनाइ छ । अदालतलाई संविधान संशोधन गर्न नभइ व्याख्या गर्ने अधिकार मात्र भएको उनले जिकिर गरे । जनताको विश्वास भएसम्म एमालेलाई कसैले बहिर्गमित गर्न नसक्ने उनले जिकिर गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org