एकै दिन ३,४२१ जना कोरोना संक्रमितको थपिए, २५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको भएका छन् ।
सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ । तीमध्ये ९ हजार ९,७३८ जनाको मृत्यु भएको छ भने ६ लाख ४५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ जना रहेका छन् । जसमध्ये २५ हजार ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६६९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ६४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २७४ जनामा कोरोना संक्रमण देखिउको मन्त्रालयले जनाएको छ ।
यस्तै काठमाडौं उपत्यकामा एकै दिन ९९९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६७७, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै काठमाडौंमा ५ हजार ९१० जना सक्रिय संक्रमित रहेका छन् भने १ हजार ९४९ जनाको मृत्यु भइसकेको छ ।
यस्तै भक्तपुरमा ९३६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने ३८१ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।
यस्तै ललितपुरमा पनि १ हजार १६३ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने ५८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार झापामा ३१४, मोरङमा १२०, सुनसरीमा १०६, नवलपरासी पूर्वमा १०५ र चितवनमा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मकवानपुरमा ८४, कास्कीमा ६२, धादिङमा ६१, रुपन्देहीमा ५३, काभ्रे र सिन्धुपाल्चोकमा ३०/३० जना, नुवाकोटमा २९, धनकुटा र रामेछापमा २१/२१ जनामा कोरोना संक्रमण देखिएको छ ।
बागलुङमा १८, इलाममा १७, दाङमा १६, अर्घाखाँचीमा १४, पाल्पामा १२ र नवलपरासी पश्चिममा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को...
-
कोसीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदको सनाखत सुरु
काठमाडाैँ । कोसी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेस गरेपछि समर्थन गर्ने सांसदको सनाखत सुरु भएको छ । सांसदको...
-
कांग्रेस संसदीय दलको बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य...
-
सर्वोच्च जाने तयारीमा केदार कार्की
काठमाडाैँ । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्।...
-
‘निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व’: प्रधानमन्त्री प्रचण्ड
काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् । बिहीबार बिहान माओवादी...
-
५१९ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले एकसाथ ५१९ प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवाको...
-
आज कांग्रेस बैठकः बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न...
-
‘झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने सुनियोजित प्रचार गरियो’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो नेतृत्वमा पार्टी फुटाउन लागिएको भनेर सुनियोजित रुपमा हल्ला फैलाइएको...
-
सुहाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ
काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारस्थित कृषि समितिको...