ताजा समाचार

‘झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने सुनियोजित प्रचार गरियो’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो नेतृत्वमा पार्टी फुटाउन लागिएको भनेर सुनियोजित रुपमा हल्ला फैलाइएको बताएका छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएपछि नेकपा एस पनि फुट्न लागेको चर्चाकाबीच पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले बुधबार विज्ञप्ति जारी गद सो प्रष्टीकरण दिएका हुन् ।

उनले पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न र पार्टीको नीतिनिष्ठ एकतालाई खँदिलो बनाउन समेत पार्टी पंक्तिलाई आग्रह गरेका छन् । खनालले मुलुकमा राजनीतिक शक्तिहरू ध्रुवीकरण हुने प्रक्रिया तीव्र रूपले अघि बढिरहेको गत २१ फागुनबाट मुलुकमा नयाँ राजनीतिक समीकरणले आकार लिएको पनि बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org