ताजा समाचार

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज ८-१० गतेसम्म हुने

काठमाडौं। अखिल क्रन्तिकारीको राष्ट्रिय सम्मेलन आगामी असोज ८ गतेदेखि १० गतेसम्म हुने भएको छ।

नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले असोजमा २२औं राष्ट्रिय सम्मेलन गर्ने भएको हो।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन समेत हुने उपाध्यक्ष तिलक भण्डारीले बताए।

‘हामीले विद्यार्थीको राष्ट्रिय सम्मेलन गर्न लागेका छौं’  न्युज नेपालसँग कुरा गर्दै भण्डारीले भने, ‘राष्ट्रिय सम्मेलनबाट भावी नेतृत्व समेत चयन हुने भएकाले महत्त्वपूर्ण छ।’

तर, राष्ट्रिय सम्मेलन कहाँ गर्ने भन्ने विषयमा भने तय भइनसकेको भण्डारीले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org