ताजा समाचार

केपी ओलीले जति गाली गरे पनि म एकताकै पक्षमा छु : माधव नेपाल

काठमाडाैँ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीले आफूलाई जति गाली गरे पनि निरन्तर एकताकै पक्षमा लाग्ने बताएका छन् । केन्द्रीय कमिटी सदस्यहरूको बैठक समापन गर्दै नेपालले त्यस्तो बताएका हुन् ।

‘हामीले आलोचना गर्दा संयमित र जिम्मेवार बन्नुपर्छ । दक्षिणपन्थी विचारका विरुद्ध हामीले संघर्ष गर्दै आएका छौँ । यसका लागि हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’ नेपालले बैठकमा राखेको भनाइ उद्धृत गर्दै नेता रघुजी पन्तले भने, ‘केपी ओलीले मलाई अहिले जति गाली गरे पनि म पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ, जारी रहन्छ ।’

नेपालले बैठकमा धेरैले ओलीले एकताको नाममा अलमल्याउन खोजेको आशंका गरे पनि यसपटक भने त्यस्तो नगर्नेमा विश्वास गरिरहेको पनि बताएका थिए ।

‘केपी ओलीले एकताको नाममा अलमल्याउन खोजेको त होइन भन्ने आशंका धेरै साथीहरूले गर्नुभएको छ । तर, म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामै जोड दिन चाहान्छु,’ नेपालको भनाइ उद्धृत गर्दै पन्तले भने, ‘उहाँले आफ्नो मनोबल र उत्साहलाई कायम राख्दै हामीले एकताका लागि प्रयास जारी राखौँ, एकताको प्रयास चलिरहेका वेला हामीले एकतामै जोड दिनुपर्छ भन्नुभएको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org