केपी ओलीले जति गाली गरे पनि म एकताकै पक्षमा छु : माधव नेपाल
काठमाडाैँ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीले आफूलाई जति गाली गरे पनि निरन्तर एकताकै पक्षमा लाग्ने बताएका छन् । केन्द्रीय कमिटी सदस्यहरूको बैठक समापन गर्दै नेपालले त्यस्तो बताएका हुन् ।
‘हामीले आलोचना गर्दा संयमित र जिम्मेवार बन्नुपर्छ । दक्षिणपन्थी विचारका विरुद्ध हामीले संघर्ष गर्दै आएका छौँ । यसका लागि हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’ नेपालले बैठकमा राखेको भनाइ उद्धृत गर्दै नेता रघुजी पन्तले भने, ‘केपी ओलीले मलाई अहिले जति गाली गरे पनि म पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ, जारी रहन्छ ।’
नेपालले बैठकमा धेरैले ओलीले एकताको नाममा अलमल्याउन खोजेको आशंका गरे पनि यसपटक भने त्यस्तो नगर्नेमा विश्वास गरिरहेको पनि बताएका थिए ।
‘केपी ओलीले एकताको नाममा अलमल्याउन खोजेको त होइन भन्ने आशंका धेरै साथीहरूले गर्नुभएको छ । तर, म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामै जोड दिन चाहान्छु,’ नेपालको भनाइ उद्धृत गर्दै पन्तले भने, ‘उहाँले आफ्नो मनोबल र उत्साहलाई कायम राख्दै हामीले एकताका लागि प्रयास जारी राखौँ, एकताको प्रयास चलिरहेका वेला हामीले एकतामै जोड दिनुपर्छ भन्नुभएको छ ।’
Comments
अरु समाचार
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । चितवनमा...
-
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि...