भूमि बाँड्दैमा सुकुम्बासी समस्या समाधान हुँदैन, जग्गामा व्यक्तिगत स्वामित्व अन्त्य गरौँ : बामदेव गौतम
काठमाडाैँ । राष्ट्रियसभा सदस्य बामदेव गौतमले वैज्ञानिक भूमिसुधार लागू नभएसम्म सुकुम्बासी तथा भूमिहीनहरूको समस्या समाधान नहुने बताएका छन् ।
२०५१ सालदेखि हालसम्म बनेका आयोगले समस्या समाधान गर्न नसकेको भन्दै उनले सुकुम्बासीहरूको समस्या समाधानका लागि जमिनमाथिको व्यक्तिगत स्वामित्वको स्थिति अन्त्य हुनुपर्ने बताए ।
‘सरकारले चलनचल्तीको मूल्यमा किनेर व्यक्तिको जग्गा आफ्नो नाममा बनाओस् अनि उपयोगको नीति बनाएर अघि बढौँ । जमिन प्राप्त गर्नेले बिक्री गरेर अर्कै काम गर्छन् र फेरि सुकुम्बासी बन्छन् । जग्गा बाँड्ने कामले सुकुम्बासीहरूको समस्या समाधान हुँदैन,’ उनले भने ।
सुकुम्बासीहरूलाई ५ कठ्ठाका दरले जमिन दिनका निम्ति वन फँडानीको विकल्प नभएको भन्दै उनले जग्गा वितरणले समस्याको समाधान नगर्ने बताए । ‘संविधानले जग्गा दिन नसक्ने स्थितिमा रोजगारी दिन भनेको छ । हामी त्यस दिशामा अघि बढेनौँ । जसरी पनि जग्गा नै बाँड्नेतर्फ लाग्यौँ । ५१ सालदेखि हालसम्म कैयौँलाई जग्गा बाँडियो तर सुकुम्बासी बढेका बढ्यै छन् । सुकुम्बासी बढ्नुको कारण खोजौँ,’ उनले भने ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...