ताजा समाचार

भूमि बाँड्दैमा सुकुम्बासी समस्या समाधान हुँदैन, जग्गामा व्यक्तिगत स्वामित्व अन्त्य गरौँ : बामदेव गौतम

काठमाडाैँ । राष्ट्रियसभा सदस्य बामदेव गौतमले वैज्ञानिक भूमिसुधार लागू नभएसम्म सुकुम्बासी तथा भूमिहीनहरूको समस्या समाधान नहुने बताएका छन् ।

२०५१ सालदेखि हालसम्म बनेका आयोगले समस्या समाधान गर्न नसकेको भन्दै उनले सुकुम्बासीहरूको समस्या समाधानका लागि जमिनमाथिको व्यक्तिगत स्वामित्वको स्थिति अन्त्‍य हुनुपर्ने बताए ।

‘सरकारले चलनचल्तीको मूल्यमा किनेर व्यक्तिको जग्गा आफ्नो नाममा बनाओस् अनि उपयोगको नीति बनाएर अघि बढौँ । जमिन प्राप्त गर्नेले बिक्री गरेर अर्कै काम गर्छन् र फेरि सुकुम्बासी बन्छन् । जग्गा बाँड्ने कामले सुकुम्बासीहरूको समस्या समाधान हुँदैन,’ उनले भने ।

सुकुम्बासीहरूलाई ५ कठ्ठाका दरले जमिन दिनका निम्ति वन फँडानीको विकल्प नभएको भन्दै उनले जग्गा वितरणले समस्याको समाधान नगर्ने बताए । ‘संविधानले जग्गा दिन नसक्ने स्थितिमा रोजगारी दिन भनेको छ । हामी त्यस दिशामा अघि बढेनौँ । जसरी पनि जग्गा नै बाँड्नेतर्फ लाग्यौँ । ५१ सालदेखि हालसम्म कैयौँलाई जग्गा बाँडियो तर सुकुम्बासी बढेका बढ्यै छन् । सुकुम्बासी बढ्नुको कारण खोजौँ,’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org