वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई
काठमाडाै । वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई सर्वसम्मतले चयन भएका छन् । समाजको आइतबार सम्पन्न १२ औ साधारणसभाले आगामी कार्यकालका लागि भट्टराईको अध्यक्षतामा सर्वसम्मतले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
रोजगार मिडियामा आवद्ध भट्टराई यसअघि समाजको बरिष्ठ उपाध्यक्ष थिए । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे (रेडियो कान्तिपुर), उपाध्यक्षमा रेशमराज पौडेल (मध्यान्ह दैनिक), महासचिवमा केशव भूल (नेपाल प्रेस), सचिवमा निर्मला घिमिरे (सेतोपाटी), कोषाध्यक्षमा मनुका कुँवर (रेडियो नेपाल) रहेका छन् । त्यसैगरी सदस्यहरुमा अरिश्मा मोक्तान (क्लिकमाण्डु), अमिर लामा (आर्थिक प्लस), प्रविन राउत (आर्थिक दैनिक) र सुरेन्द्र बजगाई (उकेरा)चयन भएका छन भने सल्लाहकारहरुमा मदन कुमार श्रेष्ठ, रुद्र खडका, मधुजंग पाण्डे, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन ।
समाजका अध्यक्ष हरिबहादुर थापाको सभापतित्वमा सम्पन्न साधारणसभामा प्रमुख अतिथिकारुपमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, विशिष्ट अतिथिकारुपमा श्रम तथा रोजगार सचिव सुर्यप्रसाद गौतम तथा अतिथिकारुपमानेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठ, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा समाजद्धारा प्रकाशित स्मारिका ‘श्रम तथा आप्रवासन, कोभिडपछि अवको बाटो’समेत विमोचन गरिएको थियो ।
कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथिका तथा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिरहेको यर्थाथताकाबीच अधिकांश नेपाली रहरले नभई वाध्यताले वैदेशिक रोजगारीमा जानुपरेको र अब ती नेपालीको सुरक्षाबारे सबै पक्षको ध्यान जान जरुरी रहेको बताए । उनले श्रम गन्तव्य मुलुकको अवस्था र सुरक्षित रोजगारीको बारेमा वैदेशिक रोजगारीमा जाने कामदारलाई सुसुचित गराउन सके धेरै समस्या हल हुने भन्दै यो भूमिका खेलिदिनका लागि संचारकर्मीहरुलाई आग्रह गरे ।
साधारणसभामा श्रम सचिव सुर्यप्रसाद गौतमले कोभिडले आर्थिक गतिविधी ठप्प बनाउदासमेत रेमिट्यान्सकै कारण अर्थतन्त्र चलायमान बनेको भन्दै वैदेशिक रोजगारको क्षेत्रेले पु¥याएको योगदान प्रशसनीय रहेको बताए । उनले वैदेशिक रोजगारको क्षेत्रलाई सम्मानित, मर्यादित तथा प्रतिष्ठित बनाउन सरकार, नीजि क्षेत्र तथा सरोकारित निकाय सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउदै संचारमाध्यमलाई पनि नकारात्मक भन्दा सकारात्मक ढंगबाट विषय उठान गर्न आग्रह गरे ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा भएका राम्रा र नराम्रा पक्ष औल्याइदिएर समाजले सदैव मार्गदर्शन गरेकोमा आभार व्यक्त गरे । उनले वैदेशिक रोजगारीमा जाने परिपाटी रोकेर रोक्न नसकिने विषय रहेको भन्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिन सके स्वदेशमै पनि यस्ता जनशक्तिको धेरै खाँचो रहेको र यसरी विदेशिदा कामदार पनि सुरक्षित हुनेमा जोड दिए । महासचिव श्रेष्ठले यस कार्यमा सरकारसँग आफुहरु सहकार्यको लागि तयार रहेको समेत बताए ।
नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले वैदेशिक रोजगारको विषयमा कलम चलाउनेहरु ढिलै भएपनि संस्थागत भएको भन्दै खुसी व्यक्त गरे । वैदेशिक रोजगारीको क्षेत्र मर्यादित र सम्मानित बनाउन संचारमाध्यमले हरेक कोणबाट औल्याउनुपर्ने बताउदै बरिष्ठ उपाध्यक्ष विष्टले यस क्षेत्रमा कलम चलाइरहदा पहिलो प्राथमिकता र केन्द्रविन्दुमा श्रमिकको हितलाई राख्नुपर्ने तथा व्यवसायीका समस्या पनि उठाउदै नीति निर्माण तहलाई झकझकाउने काम गर्नुपर्नेमा जोड दिए ।
वैदेशिक रोजगार तथा आप्रवाशनको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था समाजले भोलिका दिनमा अझ सशक्तढंगबाट अगाडि बढ्ने जनाएको छ ।
Comments
अरु समाचार
-
बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो
काठमाडौं । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।...
-
क्याबिनेट बैठक अपरान्ह बस्दै
काठमाडौँ। आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको...
-
खडेरीले सुक्न थाल्यो मकै
काठमाडौं । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा...
-
नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष
काठमाडाैँ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले आज (सोमबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती सरकारले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा...
-
पद्मकन्यामा ‘डाइवेटिज टक’
काठमाडाैँ । पद्मकन्या बहुमुखी क्याम्पसमा डाइवेटिज टक कार्यक्रम गरिएको छ। कार्यक्रममा स्वास्थ्यविज्ञहरुले डायवेटिज के कारणले हुन्छ र त्यसबाट कसरी जोगिन...
-
एक दिने भ्रमण सकेर फर्किइन् जापानी विदेशमन्त्री
काठमाडाैँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको आइतबार राति स्वदेश फिर्ता भएकी छन् । जापानको...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
आईपीएल: आज मुम्बई र हैदरावादबीच प्रतिस्पर्धा हुँदै
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ। यो खेला साँझ ७:४५ बजे...